दमक/ दमक तेक्वान्दो डोजाङ र फुटबल एकाडेमीले सो डोजाङको संस्थागत आम्दानीका लागि जग्गा ठेक्कामा लिएर खेलाडीहरुको सहभागितामा गरेको धान रोपाइँको मैझारोसँगै चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
दमक २ मा दाताले धान खेतीका लागि सहयोग स्वरुप उपलब्ध गराएको ४ विगाहा जग्गामा ४० जना खेलाडीहरु, तेक्वान्दो प्रशिक्षक, संस्थाका पदाधिकारी एवं सदस्यहरु समेत सहभागी भएर धान रोपाइँ गर्दै शनिबार मैझारो गरेका हुन् ।


मैझारोसँगै यस क्षेत्रको पर्यटकीय गन्तव्य इलामको चुलाचुलीस्थित चपेटीमा आयोजना गरिएको चियापान कार्यक्रममा राजनीतिक तथा सामाजिक व्यक्तित्वहरु प्रकाश प्रसाइँ, सत्यनारायण चौधरी, झापा जिल्ला तेक्वान्दो संघका वरिष्ठ प्रशिक्षक जितेन्द्र मेचे, आयोजक संस्थामा समेत आवद्ध प्याव्सन दमक नगर सचिव नविन योगी, दमक जेसीजका अध्यक्ष रामचन्द्र अधिकारी लगायतले नयाँ पुस्तालाई धान रोपाइँका बारेमा ज्ञान दिँदै सामुहिक श्रमको अभ्यासमा प्रेरित गर्न खेलाडीहरुको सहभागितामा भएको धान रोपाइँले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे ।


आयोजक संस्थाहरु फुटबल एकाडेमी दमकका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा भएको कार्यक्रममा तेक्वान्दो डोजाङका अध्यक्ष जितबहादुर धिमाल (जितु), कार्यक्रम संयोजक संगम राई, युवा व्यवसायी प्रकाश खत्री पौडेल दमक नगरपालिकाका स्वास्थ्य कर्मचारी नगेन्द्र भट्टराई, राजेन्द्र सिटौला, फुटबल प्रशिक्षक कुमार गिरी, लगायत यस क्षेत्रका खेलाडीहरु, राजनीतिक तथा सामाजिक व्यक्तित्वहरु, सञ्चारकर्मीहरु लगायतको सहभागिता थियो ।

Facebook Comments Box