प्रहरीका अनुसार झापाको कमल गाउँपालिका ६ स्थाई घर भई हाल विर्तामोड नगरपालिका ५ मा डेरा गरी वस्ने ललिता सापकोटा, गीता पौडेल र मधु गुप्ताको घरमा बुधबार दिउँसो कोही नभएको बेला चोरी भएको थियो ।

दमक/भारतीय नम्बर प्लेटको गाडीमा चोरीका गरगहनासहित भारतको सिलिगुडीका एक व्यक्तिलाई झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४३ बर्षीय रघुबर प्रसाद साह रहेका छन् । उनलाई चोरी गरेको ठुलो परिणामको सुन र चाँदीका गरगहना सहित पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार झापाको कमल गाउँपालिका ६ स्थाई घर भई हाल विर्तामोड नगरपालिका ५ मा डेरा गरी वस्ने ललिता सापकोटा, गीता पौडेल र मधु गुप्ताको घरमा बुधबार दिउँसो कोही नभएको बेला चोरी भएको थियो ।
ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थल आसपासमा रहेको सि.सी.क्यामराको दृश्यलाई नियालेर खोजी गर्ने क्रममा साहलाई बिर्तामोड ५ बाट पक्राउ गरिएको हो ।
पक्राउ परेका साह डब्लु बी ७४ एएम २७२४ नम्बर प्लेट भएको भारतिय गाडीमा लाखौ मुल्य बराबरका ति सुन तथा चाँदीका गरगहना, नेपाली रुपैयाँ ३८ हजार र भारतयी रुपैयाँ १३ हजार ७ सय बोकेर घुम्दै थिए । बरामद भएको गर गहनाहरु सम्बन्धीत पिडितहरुबाट सनाखत गराईएको छ । समान सहित पक्राउ परेका साहको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box