वरिष्ठ लोकगायक एलपी (लक्ष्मीप्रसाद) जोशीको आज निधन भएको छ ।  दमक १ फाल्गुनन्द चोक निवासी ८२ बर्षका जोशीको बिहिबार राती करिब ८ बजे दमक अस्पताल दमकमा निधन भएको हो । उनको स्वास्थ्यमा तीन/चार दिन अघिदेखि समस्या आएको थियो । घरमै नियमित औषधि सेवन गरिआएका उनको अवस्था साँझपख एक्कासी जटिल बनेको थियो ।
श्वास प्रश्वास सम्बन्धि समस्याबाट पीडित उनलाई दमक अस्पतालमा उपचारका लागि पुरयाउनसाथ चिकित्सकहरुले मृत घोषणा गरेका थिए । स्वर्गीय जोशीको पुख्र्यौली थलो धनकुटा भएको बताइएको छ । उनले आफ्नै शब्दमा रचनामा गाएका गीतहरु रिटिङ रिटिङ नबजाउ बिनायो ….आक्काका सान्नानी ….जस्ता गीतहरु कालजयी भएका छन् ।
नेपाली समाजको मैलिकतामा आधारित शब्द संकलन तथा सृजना गर्न माहिर उनका गीत पछिल्ला समयका युवा पुस्ताले समेत गाउने गरेका छन् ।
२०१७ सालमा रेर्कड भएको रिटिङ रिटिङ नबजाउ बिनायो… गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । उनले गाएका ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङमट्याङ्’, ‘खिपीमा खिपी बिनायो बाजा’जस्ता गीतहरु धेरै लोकप्रिय छन् । उनी यी गीतहरुलाई जीवनकै पर्याय मान्छन् ।
नेपालमा बिनायोलाई पहिलोपल्ट प्रयोग गर्ने गायक पनि हुन एलपी । उनले पहिलोपल्ट चर्चित महाकाव्य मुनामदनलाई गीतिनाटकका रुपमा मञ्चन गरेका छन् ।
२०१३ सालमा पहिलोपल्ट उनको गीत रेडियो नेपालमा रेर्कड भएको थियो । त्यहाँ गीत गाउनका लागि उनले स्वर परीक्षानै दिनु नपरेको उनले बताएका थिए । पहिलो गीतले नै उनलाई गायकका रुपमा स्वीकृति दियो । सँगैका साथीहरुले स्वर परिक्षण गराए । पहिलोपल्ट गीत गाउँदा उनले ८ रुपैयाँ पारिश्रमिक पाएका थिए ।
वीपीसँग नजिकिएको त्यो क्षण
बीपी कोइरालासँग उनी एकप्रकारले नजिक थिए । बीपी २००८ सालमा धनकुटा गएका थिए । उतिबेला उनी ‘बालसखा’ भन्ने बालबालिकाको संस्थामा आवद्ध थिए । त्यतिबेला उनले पनि बीपीको विरुद्धमा चर्काचर्का नारा लगाएका थिए । बीपीको चिता बनाएर जुत्ताको माला लगाएर बजार परिक्रमा गराए । सो घटना थाहा पाएर बीपीले उनलाई साँझमा भेट्न बोलाए । ७ बर्षपछि पुनः पाँचथरमा उनको बीपीसँग भेट भयो । कांग्रेसको चुनावी गीत गाउने सिलिसिलामा । तर उनी कांग्रेस चाहिं कहिल्यै भएनन् ।
राजा महेन्द्रसँग पनि उनको हेलमेल थियो । गीत गाएरै उनी राजा महेन्द्रको नजरमा परेका थिए । २०१९ सालमा महेन्द्र पूर्वी विराटनगरमा आएका थिए ।

Facebook Comments Box