बिर्तामोड/ सञ्चारकर्मी तथा साहित्यकार लीला अनमोलको कविता संग्रह ‘अन्तिम कुमारी रात’ को बिर्तामोडकाे साई पार्टि प्यालेसमा लोकार्पण गरिएको छ । केहीदिन अघि काठमाडौंमा बिमोचन गरिएको अनमोलको कविता संग्रह ‘अन्तिम कुमारी रात’ को गृह जिल्ला झापामा आज (शनिवार) लोकार्पण गरिएको हो ।
अनमोलको कविता संग्रहको लोकार्पण कार्यक्रममा कवि तथा साहित्यकार प्रमुख अतिथि मनु मञ्जिलले रहनु भएकाे थियाे। प्रमुख अतिथि मन्जिलले साहित्य कला संगित मा माेफसल भन्ने नरहेकाे भन्नू भयाे।राजधानी वासिले समेत अब त साहित्य लेख्न केही समय राजधानी छाेडेर मात्र लेख्न सक्ने वताउनु भयाे।कुनै साहित्यकार गितकार संगितकार राष्ट्र काे हुन्छ एउटा ठाउँ विशेष हुदैन मञ्जिलले भन्नू भयाे।
नेपाल लेखक संघ झापाको आयोजना तथा किरात मुन्धुम प्रतिष्ठान दमकको सह–आयोजनामा आयोजित कार्यक्रममा “अन्तिम कुमारी रात “नामक कविता संग्रहको समिक्षा साहित्यकार टिका आत्रेय र प्राज्ञ मुना राज शेर्माले गर्नु भएकाे थयाे । लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम समिक्षाको सहजिकरण साङसेन पन्धाकले गर्नु भएकाे थियाे।
अनमोलको कवितामा धेरै चुनौतिहरु रहेको प्रेम बिस्वास,घात प्रतिघात मा खुलेर वाेल्न लेख्न नेपालमा कमै मात्र महिला कवि हरु रहेकाे समिक्षक टीका आत्रेयले भन्नू भयाे। कविता लेखनको क्रममा उनको सहास र आँटको आत्रेयले प्रशंसा गर्नु भयाे ।
अर्का समिक्षक प्राज्ञ मुनाराज शेर्माले उपत्यका बाहिरका कविहरुका कविता तमसुक हुने गरेको केन्द्रको आरोप रहेको बतााउँदै अनमोलको कविता समय सापेक्ष एक दमै उत्कृष्ट भएको बताउनु भयाे ।
अनमाेलकाे २ वटा कविता कवि पत्रकार प्रज्वल अधिकारी ले वाचन गर्नु भएकाे थियाे।अग्रज पत्रकार चन्द्र भण्डारी ,साहित्यकार कृण्ण वराल,साहित्यकार पुन्य खरेल,गितकार शिव शंखर थापा ले कार्यक्रम मा शुभकामना दिनु भयाे।
कार्यक्रममा झापा,माेरङ,सुनसरी,काठमाडौ , दार्जिलिङ का कवि साहित्यकार हरुकाे उल्लेखिय उपस्थिति रहेकाे थियाे।
स्वागत कवि तथा साहित्यकार केशव आर्चायले गरेको कार्यक्रमको सञ्चालन गजलकार विवश बलिभद्र कोइरालाले गर्नु भएकाे थियाे। साेहि कार्यक्रम काे अर्काे खण्डमा कवि तथा गजलकार बाबुु त्रिपाठीको एकल गजलकाे कार्यक्रमले दर्शक लाई मन्त्र मुग्ध वनाएकाे थियाे।गजल वाचनकाे कार्यक्रम काे सञ्चालन गजलकार सुनिता तामाङले सञ्चालन गर्नु भएकाे थियाे।