दमक/ झापाको दमकमा विश्वशान्तिको कामना गर्दै आयोजना गरिएको धार्मिक अनुष्ठानमा सहभागी हुन विभिन्न देशहरुबाट आएका बौद्धमार्गीहरुको ठुलो जमघट भएको छ ।

boudda.jpg

दमक ५ स्थित बौद्ध  छोयला गुम्बाको आयोजनामा शुरु भएको बज्रगुरु  जप  साधनाका लागि ठुलो संख्यामा बौद्ध धर्मावलम्बीहरु भेला भएका हुन् । हिजो सोमबारदेखि शुरु भएको सो कार्यक्रम अन्तर्गत आज बिहान बौद्धमार्गीहरुले बौद्ध स्तुतीहरु गाउँदै आआपफ्ना परम्परागत बाजागाजासहित प्रभातफेरीका आयोजना गरेर दमक बजारको मुख्य भाग परिक्रमा गरेका छन् ।

बौद्ध गुम्बाका संस्थापक एवम् नेपाल तामाङ घेदुङ संघ दमक नगर समितिका पूर्व अध्यक्ष प्रतिमान तामाङका अनुसार गुम्बाबाट बुद्धमुर्तिसहित निस्किएको प्रभातफेरी फाल्गुनन्द चोक, नगरपालिका, नमुना मार्ग, गणतन्त्र चोक हुँदै पुन गुम्बा सम्म पुगेको थियो । प्रदेश सांसद अर्जुन राईको प्रमुख उपस्थितीमा भएको सो प्रभात फेरीपछि गुम्बामा भेला भएका बौद्धधर्मका भक्त तथा अनुयायीहरुलाई प्रमुख गुरु पल्युल, ल्हाटुुल रिन्पोछेले धार्मिक प्रवचन दिनुका साथै कलाकारहरुले धार्मिक भनाईहरु अनुसार भगवानका लिला प्रस्तुत गरिरहेका छन् ।

 

सो गुम्बाका अध्यक्ष खेन्पो कोन्छयोग नोर्बु तामाङ लामाले नेपालका अतिरिक्त सिंगापुर, ताइवान, अमेरिका, क्यानडा हङकङ तथा भारतको आसाम, दार्जिलिङ, सिक्किम लगायतका ठाउँहरुबाट २७ जना लामा गुरुहरुसहित हजारौं सर्वसाधारणहरु सो अनुष्ठानमा सहभागी हुने जानकारी दिनु भयो । पर्सी बिहिबार सम्म चल्ने सो कार्यक्रम अन्तर्गत भोली १ बजेदेखि प्रमुख गुरु पल्युल, ल्हाटुुल रिन्पोछेले भक्तहरु ( सर्वसाधारण अनुयायी)लाई अभिषेक प्रदान गर्ने कार्यक्रम छ ।

Facebook Comments Box