दमक/विद्यालय शिक्षामा पुर्नताजगी ल्याउने उदेश्यले झापाको दमकमा आज बुधबारदेखि नवसिर्जना मेला शुरु भएको छ ।

 

मेलामा विद्यार्थीहरुमा वैज्ञानिक युगमा फिल्महरु निर्माण गर्ने तरिका, चल्ने सामग्रीहरू, पारिस्थितिक प्रणाली, वैज्ञानिक आविष्कारहरु, मिडिया साक्षरता जस्ता विषयवस्तुहरुमा रोचक ढंगबाट समूहगत रुपमा सक्रिय सहभागी भएर छलफल तथा अन्तरक्रिया गरिने जनाइएको छ । दमक नगरपालिका समेतको आयोजनामा अमेरीकी दूतावासको बुक बस कार्यक्रम अन्तर्गत सञ्चालित सो मेला कार्तिक २३ गते सम्म चल्ने दमक नगरपालिकाकी प्रवक्ता समेत रहनु भएकी उपमेयर एवम् शिक्षा समिति संयोजक गीता अधिकारीले जानकारी दिनु भयो ।

सरस्वती माविमा शुरु भएको सो मेलाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गर्दै यस किसिमका रचनात्मक कार्यक्रमहरुले शैक्षिक विकासमा थप सहयोग पुग्ने विचार व्यक्त गर्नु भयो ।
नगर उपप्रमुख अधिकारीको अध्यक्षतामा शुरु भएको कार्यक्रम अन्तर्गत बिभिन्न बिषयमा कार्यशाला सञ्चालन , तथा प्रस्तुति रहने छन ।
यस अघि तीन स्थानमा यस प्रकारको मेलाको आयोजना गरिएको भए पनि स्थानीय तहको अगुवाईमा नेपालमा पहिलो पटक कार्यक्रमको आयोजना गरिएको मेला आयोजक मध्येको सोतरी नामक संस्थाकी निर्देशक सुवानीसिंह श्रेष्ठले जानकारी दिनु भयो ।

अमेरीकी दूतावास वुक बस कार्यक्रमकी कृति अधिकारीका अनुसार शिक्षकहरु लक्षित अघि विद्यार्थी लक्षित कार्यक्रम यस अघि सम्पन्न भई सकेको छ । विद्यार्थी लक्षित २ दिने कार्यक्रमका सिकेका ज्ञान विद्यार्थीहरुले प्रदर्शनीमा राखेका छन् । मेलामा दमक नगर अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाहरु सहभागी हुने जनाइएको छ ।

Facebook Comments Box