साहित्य कला सङ्गमले ४३ ओै रचना वाचन र चन्द्र मादेन आन्छनकाे ” आन्छनका कथाहरु” नामक पुस्तक चर्चा एकैसाथ सम्पन्न गरेकाे छ ।
दमकका अग्रज साहित्यकार खेमलाल पाेख्रलकाे प्रमुख आतिथ्यमा भएकाे सो कार्यक्रममा साहित्यकार बास्काेटा धन्नजय र बिन्दु दहाल मुकदर्शकले पुस्तक माथि चर्चा गरेका थिए ।
कार्यक्रममा कृतिकार आन्छनले आफ्नाे कृतिका बाेरमा जानकारी गराएका थिए।
कार्यक्रममा साहित्यकारहरुले रचना वाचन गरेका थिए ।
साहित्यकारहरु यादवप्रसाद अधिकारी झाक्रिखाले,दुर्गा काफ्ले, ओमप्रसाद खनाल, बिरेन्द्र खडका,मेधनाथ बन्धु, अम्बिका प्रसाद सापकाेटा,कृष्ण उदाशी,गाेपाल दहाल,मदन शिवाकाेटी,यादवप्रसाद नेपाल,राजकुमार खडका,नेत्र प्रसाद अधिकारी,खड्ग बहादुर खड्का शारदा निराैला, डिल्ली निराैला,कृष्णप्रसाद सिग्देल,शान्तप्रसाद भट्टराई लगायतले रचनावाचन गरेका थिए ।
कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्याैपानेकाे अध्यक्षतामा भएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन दीपक सुवेदीले गरेका थिए ।