दमक/ अन्तर्राष्ट्रिय खेलाडी एवं सगरमाथा मल्टी मार्सल आर्ट एकाडेमीका सस्थापक अध्यक्ष रास्ट्र राईको प्रथम स्मृति दिवसमा आज झापाको दमकमा सो एकाडेमीले उनको बिशेष सम्झना गरेको छ । उनको सम्झनामा सो एकेडेमीद्वारा सन्चालित तेक्वान्दो प्रशिक्षणमा सहभागी करिब ५० जनालाई खेलाडी पोशाक बितरण गरिनुका साथै खेलाडीहरुको ग्रेडिङ सम्पन्न भएको छ ।

एकेडेमीकि अध्यक्ष समेत रहनु भएकी स्वर्गीय राईकी चेली महेन्द्रकुमारी लिम्बुले भाब बिह्वल हुँदै स्वर्गीय रास्ट्र राईको तस्बिरमा माल्यार्पण गर्नु भयो । अध्यक्ष लिम्बुको सभापतित्व र तेक्वान्दो संघ झापाका जिल्ला अध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्य रहेको सो कार्यक्रम आस्था कलेज दमक ४ को प्राङ्गणमा सम्पन्न भएको हो । कार्यक्रममा एकेडेमीका संचालक तथा राजनीतिक , सामाजिक ब्यक्तित्व पर्शुराम रिजालले स्वर्गीय राईको देश बिदेश सम्मको खेल बिकासमा योगदानको चर्चा गरे । कार्यक्रमको संचालन सस्थाका सचिब रोशन दाहालले गरेका थिए । प्रजातन्त्रका सेनानी स्वर्गीय मुगाधन राईका सुपुत्र स्वर्गीय रास्ट्र राईले बेलायतमा रहेर समेत नेपाली खेल जगत र खेलाडीहरुको प्रोत्साहन र बिकासमा विशेष योगदान दिएका थिए ।

Facebook Comments Box