दमक/झापाको दमकमा आजदेखि व्यवसायिक कुखुरापलन सम्बन्धी तीन दिने तालिम शुरु भएको छ ।
निर्धन उत्थान वित्तिय संस्था लिमिटेडले आफ्दा सदस्य महिला कृषकहरुलाई कुखुरापालनका माध्यमबाट कृषि उद्यमी बनाउने उद्धेश्यले सो तालिम सञ्चालन गरेको हो ।सो तालिमको दमक नगरपालिका वडा नं ५ का वडाध्यक्ष इन्द्र गुरुङले उद्घाटन गर्दै मासुमा आत्मनिर्भर बनाउँदै महिलाहरुको आर्थिक सशक्तिकरणका लागि यस किसिमका तालिम उपयोगी हुने विचार व्यक्त गर्नु भयो । उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उपयोग गर्न पनि सहभागीहरुलाई आग्रह गर्नुभयो ।
संस्थाका दमकस्थित शाखा कार्यालयका प्रमुख उदय पोखरेलका अनुसार झापाको दमक, र कमल तथा मोरङको उर्लाबारीका समेत गरी कूल ३० जना महिला सदस्यहरु सो तालिममा सहभागी रहेका छन् ।
सहभागीहरुलाई गौरादहस्थित कृषि क्याम्पसका शिक्षक सन्तोष खनालले कुखुरापालन सम्बन्धीको प्राविधिक ज्ञान दिनुहुनेछ भने निर्धन उत्थान वित्तिय संस्थाका विर्तामोडस्थित कार्यालयका क्षेत्रीय प्रवन्धक जगत भट्टराईले वित्तिय व्यवस्थापनका बिषयमा सहजीकरण गर्नुहुनेछ ।