दमक/पहिलो पाइला नामक सामाजिक संस्थाको दमक शाखाले दमकको गोलाटारस्थित जनज्योती आधारभुत विद्यालयमा भोलि जेठ १७ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालनको अन्तिम चरणमा पुगेको बताइएको छ ।
कोशी डेन्टल दमक सहआयोजक रहेको सो शिविरमा विराटनगरस्थित कोशी आखा अस्पतालसहित विराटनगरका नाक, कान घाँटी रोग विशेषज्ञको टोलीले सेवा दिने पहिलो पाइला दमक शाखाका कोषाध्यक्ष मेघनाथ फुयाँलले जानकारी दिए ।