दमक/ झापाको गौरादहस्थित न्यू पब्लिक कृषि सहकारी संस्थाको १० औं बार्षिक चुनावी साधारण सभाले पुनः भुपालराज कटुवालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । शनिबार सम्पन्न साधारण सभाले कटुवालको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ समिति निर्विरोध चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा गोपाल बराल, सचिवमा इन्द्रप्रसाद गौतम र कोषाध्यक्षमा निर्मला  शर्मालाई चुनेको छ । त्यस्तै सञ्चालक सदस्यहरुमा हस्तबिर चौहान, ज्ञानेन्द्रप्रसाद लोहनी, दिपक बराल, सरिता कटुवाल र कोमल प्रसाद ढुंगाना चुनिएका छन् ।

लेखा समिति संयोजकमा हेमन्त कार्की तथा सदस्यहरुमा डिल्ली भट्टराई र नेत्रबहादुर कार्की चयन भएका छन् । संस्थाले संस्थाको नियम अनुसार निर्वाचन सम्पन्न गर्न नारायण कार्कीको संयोजकत्वमा जुद्धबहादुर विष्ट र सुनिल कार्की सदस्य रहेको निर्वाचन उपसमिति गठन गरेको थियो ।

निर्वाचन समितिले गत कार्तिक ६ गतेबाट निर्वाचन कार्यक्रम शुरु गरी निर्विरोध निर्वाचित सञ्चालक र लेखा समितिको नामावली घोषणा गरेको हो । यससँगै निर्वाचन समितिले निर्वाचितहरुलाई प्रमाण पत्र समेत हस्तान्तरण गरेको जनाइएको छ ।


संस्थाका अध्यक्ष कटुवालको सभापतित्व र गौरादह २ का वडाध्यक्ष गोपाल कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा समाजसेवी ज्येष्ठ अभिभावक कर्णबहादुर कटुवाल र श्याम दाहालको आतिथ्य रहेको थियो ।
सो अवसरमा प्रेमकुमारी गिरी, राधिका राजवंशी र प्रेसिका भुजेललाई उत्कृष्ट बाल बचतकर्ताका रुपमा पुरस्कृत गरिएको छ ।

त्यस्तै उत्कृष्ट सदस्यका रुपमा सम्मानित हुनेहरुमा प्रेमप्रसाद खतिवडा, दुर्गाप्रसाद बराल, सिद्धी बहादुर राय, जितमाया राई, चित्रबहादुर कार्की,राजकुमारी ताजपुरिया, ज्ञहनाथ बराल, इन्द्रप्रसाद दाहाल र लिला नारायण श्रेष्ठ रहेका छन् ।
साधारण सभाको बन्द सत्रले सञ्चालक समितिकोे बार्षिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन सर्वसम्मतले पारित गरेको सञ्चालक कोमल ढुंगानाले जानकारी दिए ।

 

Facebook Comments Box