दमक/ तिहारको रमझम चौतर्फी शुरु हुँदै गर्दा परम्परागत रुपमा खेलिने देउसी भैलो संस्थागत रुपमा खेल्ने क्रम चलिरहेको छ ।

दमक नगरमा नेकपा एमालेले यसपटक पार्टी नेता, कार्यकर्ताहरुको बृहत सहभागितामा साँस्कृतिक देउसी भैलो नाच प्रस्तुत गर्ने कार्यक्रम छ ।

एमाले दमक नगर कमिटीका अध्यक्ष राम पौडेलका अनुसार दमक नगर भित्रका पार्टी नेता, कार्यकर्ताहरुसहित, जनवर्गीय संगठनहरु र शुभेच्छुकहरुसहितको १२० जना कलाकारहरुले एकैपदेउसी भैलो नाच प्रस्तुत गर्ने गरिको देउसी नाच तयार गरिएको छ । देउसी नाचका लागि करिब १५ दिन अघिदेखि कलाकारहरुले पूर्वाभ्यास गरेका थिए ।

समसामयिक बिषयहरु समेट्दै साँस्कृतिक पक्षको समेत उजागर गर्ने गरी बाद्य वादनसहित देउसी भैलो गीत, नृत्य टोली तयार गरिएको र पूर्व निर्धारित पाँच स्थानमा देउसी भैलो प्रस्तुत गरिने अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार भोली शुक्रबार बिहान ११ बजे गोरखा डिपार्टमेन्ट परिसरमा र अपरान्ह ४ बजे नमुना बजारमा देउसी नाच प्रस्तुत गरिनेछ । सोही दिन दमक १० को संगम चोक, दमक ३ र ४ को सिमानामा पर्ने उत्तरी क्षेत्रमा रहेको संगम चोक र हिमावि चोकमा यो कार्यक्रमको विशेष प्रस्तुति रहने जनाइएको छ ।

Facebook Comments Box