राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको म्याद थपको बहस जिल्ला न्यायाधिश चन्द्रकान्त पौडेलको इजालसमा हुने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री लामीछानेलाई तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत कास्की पुर्याइसकेको छ ।

म्याद थपको बहसका लागि इजालसमा उपस्थित गराइसकेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।

लामिछानेलाई ३० दिनको म्याद थपको मागसहित अदालतमा पेश गरेको कास्की प्रहरी स्रोतले जानकारी दिएको छ । रविसहित सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशी, लिला पर्छाईं र रामबहादुर खनालको म्याद थपको बहस पनि पौडेलको ६ नम्बर इजलासमा हुनेछ । 

Facebook Comments Box