दमक/ दमक नगर उप प्रमुख रेगिना भट्टराई भारतको उत्तराखण्डस्थित नैनितालमा अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी भएकी छिन् । उत्तराखण्डमा रहेको मोतीराम बाबुराम गभर्मेन्ट पोष्ट ग्राजुएट कलेजले आईतबार र सोमबार दुई दिन सम्म सञ्चालन गर्ने सोमिनारमा उनी वक्ताका रुपमा सहभागी भएकी हुन् ।
सो कलेजले स्वतन्त्रताको ७५ बर्ष – आदिवासी शिक्षा र चुनौतीहरु बिषयमा आयोजना गरेको दुई दिने सेमिनारमा नेपालको तर्फबाट महत्वपुर्ण वक्ताको रुपमा सम्बोधन गर्न दमक नगर उप प्रमुख भट्टराई त्यहाँ पुगेकी हुन् ।
सो सेमिनारमा जनजातिहरुको वीच शिक्षा समस्या, नीति र दृष्टिकोण जनजातिको संस्कृति, भाषा, कला र जीवन शैली, आदिवासी समाजमा आधुनिक शिक्षा प्रणालीको प्रभाव, सीपमा आधारित शिक्षा र जनजाति शिक्षामा लैङ्गिक असमानता लगायतका बिषयमा बहस हुनेछ ।
सेमिनारमा भारत उत्तराखण्डकी उच्च शिक्षा बिभागकी निर्देशक प्रोफेसर अन्जु अग्रवाल, सहित प्रोफेसर डाक्टर एन.एस. ब्यांकोटी लगायत भारतका प्रख्यात बिश्वबिद्यालयका प्रमुख तथा बिभागिय प्रमुखहरु सहभागी हुने बताईएको छ ।
सेमिनारमा नेपालका तर्फबाट दमक नगर उपप्रमुख भट्टराईसहित त्रिभुवन बिश्वबिद्यालयको ग्राजुएट स्कुल अफ एजुकेसनका निर्देशक प्रोफेसर बेदराज आचार्य पनि सहभागी छन् ।