नेपाली मूलका युवकले मापसे गरेर गाडी चलाउँदा भर्जिनियाको स्यानटिली सहरमा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा संलग्न ३० वर्षीय विजय तामाङमाथि हत्या अभियोग दर्ता गरिएको छ ।
शुक्रबार बिहान बजे लाउडन काउन्टी पार्कवे र टल सिडार्स पार्कवेको छेउमा भएको हो । तामाङले चलाएको २०२३ मोडेलको फोर्ड मस्टाङ अनियन्त्रित भई सडक मुनि पुगेर रूखमा ठोक्किँदा दुई यात्रुको मृत्यु भएको हो ।
चालकमाथि कानुनी कारबाही हत्या र मापसे गरेर लापरवाहीपूर्वक सवारी चलाएको अभियोगहरूको पनि अनुसन्धान भइरहेको छ । मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेको खुलेको छ । कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको छ ।