दमक/ मिति २०८१/०८/१९ गते देखि २३ गते तद्अनुसार २०२४ /१२/ ०३ तारिख देखि ०७तारिख सम्म भारतको लखनउमा सम्पन्न हुने विद्यार्थी गुणीय चक्र अन्तर्राष्ट्रिय सम्मेलन( International Convention on Students Quality Circle )मा भागलिन दमकस्थित झापा मोडल अँग्रेजी माविका ७ जना प्रतिष्पर्धी विद्यार्थी त्यस तर्फ गएका छन् । प्रिन्सिपल सागर श्रेष्ठ सहित दुईजना शिक्षक भारतको लखनउ तर्फ गएका विद्यालयका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले जानकारी गराएका छन् ।
सम्मेलनमा विद्यार्थीहरूले Case study presentation, Debate competition,Collage, poster and Slogan making , Street play and Quality Quiz मा भागलिने छन् ।
विश्वका लगभग चार दर्जन बढी राष्ट्रका हजारौँ विद्यार्थीहरूले भाग लिने उक्त सम्मेलनमा विद्यार्थीहरूले निर्धारित प्रतिष्पर्धामा भागलिने मात्र होईन अन्य विकसित देशका विद्यार्थीहरूबाट २१ औँ सताव्दीको लागि आवस्यक पर्ने नयॉ नयॉ सीप र प्रबिधी सहज रूपमा सिक्न सक्ने पनि निर्देशक श्रेष्ठले बताए ।