दमक/ झापा र पाँचथरमा भएका अलग अलग दुर्घट्नामा ३ जनाको ज्यान गएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ४ मा आज टिपर दुर्घटनमा दुई जनाको मृत्यु भएको छ ।
मंगलवार राती साढे ८ बजे रसुवा कन्ट्रक्सन प्रा.लि. को बा २ क २९९० टिपर सुभाङबाट काम सकेर ४ नम्बर क्याम्पमा जाँदै गर्दा सालिङगे भन्ने ठाउँमा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । टिपर सडकबाट अन्दाजी ५० मिटर तल खस्दा चालक धार्दिङका २५ बर्षीय बिनोद तामाङ र सोही कम्पनीका स्टोर किपर हिलिहाङ गाउँपालिका १ का २३ बर्षीय भिम तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
त्यसैगरी झापाको कन्काई नगरपालिका ३ सुरुङगामा स्कुटरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
मंगलवार राती सवा १० बजे पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे ४ प २१३० नम्बरको स्कुटर आफै अनियन्त्रीत भई सडक किनारमा रहेको डिभाईडरमा ठोक्किदा अचानक स्कुटरमा आगलागी भएको थियो । सो क्रममा स्कुटर चालक शिवसताक्षी नगरपालिका १ का १९ बर्षीय पवन मण्डल र पछाडी सवार सोही ठाउँका २५ बर्षीय निरज शर्मा घाईते भएकोमा उपचारका लागि लैजाने क्रममा थिए शर्माको बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।