दमक/ शिवसताक्षी १ धरमपुरस्थित धरमपुर बचत तथा ऋण सहकारी संस्थाले सामाजिक दायित्व अन्तर्गत आज मंगलबार सामुदायिक बिद्यालयका बिपन्न बिद्यार्थीहरुलाइ न्यानो स्विटर बितरण गरेको छ ।
शिक्षासँग बालबालिका कार्यक्रम अन्तर्गत सहकारी संस्थाले शिवसताक्षी ७ फाक्तेपस्थित बाल सेवा आधारभुत बिध्यालय , वडा नम्बर ८ डुँडामारीस्थित भगवती आधारभुत बिद्यालय र वडा नम्बर ४ स्थित त्रिभुवन माध्यमिक बिद्यालयका बिपन्न बिध्यार्थीहरुलाइ न्यानो कपडा स्वीटर बितरण गरिएको संस्थाका ब्यबस्थापक बिनोद ढकालले जानकरी दिए ।
उनका अनुसार जाडो यामलाई मध्यनजर गर्दै ९१ जना बिपन्न बिध्यार्थीहरुलाई न्यानो स्वीटर बितरण गरिएको हो ।
सहकारी संस्थाको सामाजिक उत्तरदायित्व बहन गर्दै स्वीटर बितरण गरेको ढकालले बताए ।


न्यानो स्वीटर बितरण कार्यक्रममा संस्थाका तर्फबाट अध्यक्ष कुमार शंकर, उपाध्यक्ष चन्द्र कुमार खड्का, सचिब नरदमणि रिमाल, कोषाध्यक्ष जयकुमारी चेम्जोङ, सदस्यहरु चक्रबहादुर माझी, सल्लाहकार नगेन्द्रबहादुर बोहोरा, व्यवस्थापक ढकाल लगायत सहभागी थिए । त्यसैगरी बिद्यालयको तर्फबाट स्वीटर बितरणमा बालसेवा आधारभुत बिद्यालयका प्रधानध्यपक बेनु प्रसाद कार्की, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुन, सद्स्य प्रेम रोक्का, त्रिभुवन माध्यमिक बिध्यलयमा प्रधानाध्यापक नारायण प्रसाद चापागाइ, बिद्यालयका अध्यक्ष महेश्वर दुलाल, वडा सदस्य लगायत अभिभावक कृष्णकुमारी परियार त्यस्तै भगवती आधारभुत बिद्यालयमा सोही बिद्यालयका अध्यक्ष भक्तबहादुर निङ्लेकु, प्र अ टेक बहादुर थापा मगर, वडा सदस्य टिकामाया बिश्वकर्मा लगायत सहभागी थिए ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक र अध्यक्षहरुले सहकारी संस्थाले बिद्यार्थीहरुको शैक्षिक निरन्तरताका लागि यस किसिमको सहयोगले ठुलो राहत पुग्ने भन्दै प्रशंसा गरे ।

Facebook Comments Box