दमक/दमक ४ चियादोकानस्थित लक्ष्मी बेराङ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २२ औं बार्षिक साधारण सभाको अवसरमा आज बिहिबार एक जना पत्रकार, ज्येष्ठ सदस्यसहित उत्कृष्ट कारोबार गर्ने सदस्यहरु समेत १० जनालाई सम्मान र तथा पुरस्कार प्रदान गरिएको छ ।

जिल्ला सहकारी संघका सञ्चालक सदस्य प्रेम प्रसाद कोइरालाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष बुद्धिलाल धिमालको अध्यक्षतामा भएको साधारण सभामा निष्कर्ष न्यूजका कार्यकारी सम्पादक विष्णु पौडेल, संस्थाका ज्येष्ठ सदस्य तुलसी धिमाल, संस्थाका शेयर सदस्य एवम् दमक उद्योग वाणिज्य संघका निर्वाचित कार्यसमिति सदस्य असिम राई, एसइइ परीक्षामा उत्कृष्ट ग्रेड प्राप्त गर्ने श्रेया पोखरेल, उत्कृष्ट मुद्धती बचत तर्फ नम्बरलाल धिमाल र शान्ति धिमाल, उत्कृष्ट विशेष बचत तर्फ तुल्सीप्रसाद दाहाल, उत्कृष्ट डिलक्स बचत तर्फ शिवालिक निर्माण कम्पनी प्रालि, बाल भविष्य बचत तर्फ स्नेशा मायालु गौतम, उत्कृष्ट आवधिक बचतमा अञ्जना धिमाल, उत्कृष्ट मासिक नियमित बचतमा सरस्वती धिमाल, सामान्य बचत तर्फ मेदनी ब।ाल र गोपाल साह तथा उत्कृष्ट ऋणी तर्फ फुलमाया श्रेष्ठलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथी कोइराला, दमक ४ का वडाध्यक्ष कुमार साम्सुहाङ, ९ का वडाध्यक्ष एवम् संस्थाका संस्थापक अध्यक्ष राम बहादुर धिमाल, राष्ट्रिय सहकारी बैंक दमकका प्रवन्धक विवेक डाँगी, धिमाल जातीय विकास केन्द्र नेपालका अध्यक्ष तेजबहादुर धिमाल, संस्थाका पूर्व अध्यक्ष गिरिराज धिमाल, संस्थाका सल्लाहकार एवम् सामाजिक व्यक्तित्व केन्द्र बहादुर प्रसाइँ लगायतले शुभकामना मन्तव्य राख्दै समुदायको आर्थिक सशक्तिकरणका लागि सहकारी संस्थाहरुमा नियमित बचत गर्नुपर्नेमा जोड दिए । सभामा संस्थाका अध्यक्ष बुद्धिलाल धिमालले सञ्चालक समितिको, लेखा संयोजक रत्नबहादुर धिमालले लेखा समितिको र कर्मचारी कमला विश्वकर्माले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव मणिराज धिमालले गर्नभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष नेत्रकुमारी धिमालले राख्नु भएको थियो ।

शेयर पुँजी एक करोड बढी
२२ बर्ष अघि स्थापना भएपनि लामो समय निष्क्रिीय अवस्थामा रहेको सो सहकारी संस्थाले पछिल्लो समय सवल नेतृत्वका कारण आर्थिक कारोबारमा प्रगति गर्दै गएको प्रतिवेदनले देखाएको छ । गत असार मसान्त सम्ममा सो संस्थामा १ हजार ८ सय ६० जना शेयर सदस्य पुगेका उल्लेख छ । त्यस्तै शेयर पुँजी १ करोड ७६ हजार रुपैयाँ पुग्नुका साथै ऋण लगानी ४ करोड नाघेको उल्लेख छ । धिमाल समुदायको अगुवाईमा स्थापना भएको सो संस्थाको नामाकरण समेत सोहि भाषामा छ । सो संस्थाको कार्यक्षेत्र दमक नगरपालिका भरी रहेको र संस्थाले कारोबार भने आम समुदायमाझ गर्दै आएकाले यसलाई फरक पहिचान भएको सहकारी संस्थाका रुपमा लिन सकिने संस्थाका सचिव मणिराज धिमाल बताउनु हुन्छ ।

Facebook Comments Box