दमक/ सामाजिक गतिबिधिमा सक्रिय सामाजिक संस्था सानो प्रयास युवा समाजले दमक ३ स्थित जनज्योति आधारभुत बिद्यालयका एक सय जना बिद्यार्थीलाई न्यानो कपडा स्वीटर बितरण गरेको छ ।
२०७७ सालमा दमकमा स्थापना भएको सो संस्थाले मासिकरुपमा हरेक महिना कम्तीमा एक/ एक वटा सामाजिक कामहरु गर्ने योजनासहित पुष महिनाको कार्यक्रम बिद्यार्थीहरुलाई स्वीटर वितरणमा उपयोग गरेको हो ।
२०८० साल फागुन ७ गतेबाट मासिक कार्यक्रम सुरु गरेको सो संस्थाले दमक २ मा रहेको मुक्ति घाट सरसफाइबाट मासिक काम सुरु गरेको थियो ।
फागुन यता संस्थाले दमक २ मा रहेको सरस्वती आधारभूत बिद्यालयमा ५०० वटा कापी तथा शैक्षिक सामाग्री बितरण गर्यो भने दमक ४ मा रहेको कृष्ण माध्यमिक बिद्यालयमा १०४ जना बिद्यार्थीलाई कापी , किताब बितरण गरेको थियो ।
दमक ९ को एक बस्तीमा ७० वटा झुल तथा शैक्षिक सामाग्री बितरण गरेको संस्थाले दमक ४ मा रहेको जनचेतना आधारभुत बिद्यालयका बिद्यार्थीलाई स्वीटर प्रदान गरेको थियो ।

शिवसतक्षी नगरपालिका मा रहेको पाथीभरा आधारभुत बिद्यालयमा सयौंको संख्यामा कापी तथा शैक्षिक सामाग्री बितरण गरेको संस्थाले आज दमक ३ मा रहेको जनज्योति आधारभुत बिद्यालयका १०० जना बिद्यार्थीलाई स्वीटर बितरण गरेको हो । सो संस्थाले सामाजिक क्षेत्रमा निस्वार्थ सेवा गरेर उदाहरणीय संस्थाको रुपमा परिचित गराएको भन्दै दमक ३ का वडाध्यक्ष नबनि बरालले सो संस्थाको प्रशंसा गरे ।
वडाध्यक्ष बरालले भने –सामाजिक काम गर्न चाहनेहरु धेरै हुनुहुन्छ उहाँहरुको इच्छालाई पुरा गर्न खास योजनाको आवश्यकता हुन्छ त्यो योजना सानो प्रयास युवा समाजले बनाएर त्यसको कार्यान्वयमा नेतृत्वदायी भुमिका खेलेको पाइन्छ यो प्रशंसनिय काम हो ।
सो संस्थाले फागुन यता ४ लाख बराबरको बिद्यार्थीलाई शैक्षिक सामाग्री र न्यानो कपडा, विपन्न समुदायमा झुल आदि वितरण गरेको संस्थाका अध्यक्ष छबि खतिवडाले बताए ।
