दमक/लायन्स क्लब अफ दमक इष्टर्न लायनले आज विश्व मधुमेह दिवसको अवसर पारेर दमकका ४ वटा सामुदायिक विद्यालयमा निशुल्क मधुमेह परीक्षण गर्नुका साथै स्वास्थ्य चेतना कार्यक्रम गरेको छ ।
क्लबका अध्यक्ष तुल्सीराम तिम्सिनाका अनुसार क्लबले ढुकुरपानी मावि, हिमालय मावि, पाणिनी मावि र सरस्वती माविमा त्यस किसिमको कार्यक्रम सम्पन्न गरेको हो ।
सो क्रममा कूल १ सय ७८ जनाको मधुमेह परीक्षण गरिएको कार्यक्रम संयोजक गंगादेव चौधरीले जानकारी दिनु भयो ।
लायन्स क्लबका एरिया को अर्डिनेटर प्रहर क्षेत्रीको प्रमुख उपस्थिती र क्लबका अध्यक्ष तिम्सिनाको अध्यक्षतामा सो कार्यक्रम गरिएको हो । लायन्स क्लबले शिक्षा, स्वास्थ्य लगायतका जनसरोकारका बिषयहरुमा समुदायमा आधारित भएर विभिन्न कार्यक्रमहरुलाई अघि बढाईरहेको जनाइएको छ ।