झापा/  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल झापाको अध्यक्षमा टंक ढकाल चयन भएका छन् ।

प्रतिष्ठानको आइतवार दमकमा सम्पन्न प्रथम अधिवेसनले पुनः ढकालको नेतृत्वमा १४ सदस्सीय समिति सर्वसम्मत चयन भएको हो । ढकाल नेपाल साँस्कृतिक संघका दमक नगर अध्यक्ष समेत हुन् ।
सर्वसम्मत निर्वाचित प्रतिष्ठानको प्रथम उपाध्यक्षमा गुमानसिंह तामाङ, द्वितिय उपाध्यक्षमा रोहित नेपाल, महिला उपाध्यक्षमा अपेक्षा तामाङ र सचिवमा अम्बिका प्रसाद दुलाल , कोषाध्यक्षमा सुमन मोते, सहसचिव निरज पोखरेल र सहकोषाध्यक्षमा उमेश पाण्डे चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सुवास सुवेदी, शिव नेपाल, राम बिष्ट, भिम न्यौपाने, ओम कंडेल र दावा तेन्जी मोल्मु चयन भएका छन् ।

प्रतिष्ठान तदर्थ समितिका संयोजक टंक ढकालको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा वक्ताहरुले नेपाली लोक गीत तथा दोहारी गीत नेपाली मौलिकताको गीत भएको भन्दै यसको संरक्षण र सम्बद्र्धनमा सवैको सहयोग पुरयाँउन खाँचो रहेको औल्याए ।
कार्यक्रमकी बिशिष्ट अतिथि लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरले कलाकार राष्ट्रका गहना मात्रै नभएर राष्ट्रियताको संरक्षक भएको बताईन् । उनले लोकगीत संगीतमा मात्रै नेपाली मौलिकपन पाईने भन्दै यसले सबै नेपालीलाई एक ठाउँमा जोडेको बताए ।
अधिवेशन उद्घाटन कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष सुवास केसी संस्थाको सांगठनिक गतिबिधि प्रस्तुत गर्दै अहिले प्रतिष्ठानका जिल्ला समितिहरु गठन भईरहेको जानकारी दिए ।
कार्यक्रमका अग्रज कलाकार जेवी रसाईलीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

Facebook Comments Box