कमल/ झापाको कमल -५ सिम्लेस्थित मुन्धुमयकमा मंगलवारदेखि तीन दिने कक्फेक्वा तङनाम महोत्सव शुरु भएको छ ।

कुसङ येले तङबे–५०८५ तथा कक्फेक्वा तङनाम–५०८५ ( माघे संक्रान्ति) को अवसर पारेर किरात याक्थुङ चुम्लुङ कमल गाँउ शाखाले आयोजना गरेको सो महोत्सव विगत तीनवर्षदेखि बार्षिक रुपमा सञ्चालन हुदैआएको छ । महोत्सवको लिम्बू भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष सेसेमी सेनाल्वोले उद्घाटन गरे ।

चुम्लुङ गाँउ शाखाका अध्यक्ष दिवस लिम्बूको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नाल्वो, किरात याक्थुङ चुम्लुङ झापाका जिल्ला अध्यक्ष सेसेहाङ फियाक, पहिचानवादी नेतृ गंगामाया शेर्मा लगायतले यस किसिमका कार्यक्रमले याक्थुङ लिम्बू जातिको भाषा,संस्कृति लगायतका अधिकार स्थापित गर्न सहयोग पुग्ने जोड दिएका थिए ।त्यस्तै,आयोजक संस्थाले कार्यक्रम सफल बनाउन सहयोग पुरयाँउने दाता तथा संस्थाहरुलाई सम्मान समेत गरेको थियो ।
महोत्सवमा लिम्बू जातिका खानपीन,विभिन्न खेलतमासाहरुको स्टलहरु राखिएका छन् । सो कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागि भएका लिम्बूका सांस्कृतिक टोलीले कलात्मक नृत्य पालाम , धाननाच समेत प्रस्तुति प्रदान गरेका थिए ।
महोत्सवका अवधिभर दैनिक संस्कृतिमूलक गीत,नृत्यहरुमार्फत मनोरञ्जन प्रदान गरिने कार्यक्रम रहेको छ ।

Facebook Comments Box