दमक/ पाँचथरको तुम्बेवा गाउपालिकाले महिलाहरुलाई सीप सिकाएर स्वरोजगार तर्फ उन्मुख गराउने कार्यक्रम शुरु गरेको छ ।

गाउँपालिकाले दमकस्थित खुसी खुस्बु सीप बिकास तालिम केन्द्र दमकको प्राबिधिक सहयोगमा यसैसाता सौन्दर्यकलाको सीप बिकास सम्बन्धि तालिम सञ्चालन गरेको हो ।
पालिकाले शुरु गरेको ४५ दिने आधारभुत सिपमुलक सो तालिमको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले उदघाटन गरेका छन् ।

तालिममा सो गाउँपालिकाका ४६ जना महिलाहरु सहभागी छन् । तालिमपछि उनीहरु ब्युटीपार्लर व्यवसाय सञ्चालन गर्न सक्षम हुने खुशी खुश्बु सीप बिकास तालिम केन्द्रकी सञ्चालिका जमुना निरौला अधिकारीले जानकारी दिइन् ।
उदघाटन कार्यक्रममा तुम्बेवा गाउँपालिका उपाध्यक्ष खड्ग सुन्दर सम्बाहाम्फे प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्षहरु लगायत सहभागी थिए ।

 

Facebook Comments Box