दमक ७ का युवालाई रोजगारीमा जोडन वारिस्ता तालिम दमक नगरपालिका वडा नं. ७ ले युवाहरुलाई रोजगारीमा जोड्न सीपमूलक तालिम सम्पन्न गरेको छ । मङ्गलबार वडा कार्यालयमा आयोजित कार्यक्रमका बीच सो तालिम समापन गरिएको हो । वडा भित्रका बारिस्ता तालिम लिन इच्छुक २२ जना प्रशिक्षार्थीहरूले तालिम पूरा गरेका छन्। नगरबासीलाई रोजगारी र स्वरोजगारमा प्रोत्साहित गर्ने उद्देश्यले आयोजित यस तालिममा सहभागीहरूले व्यावसायिक रूपमा प्राप्त सीपलाई उपयोग गर्ने बिश्वास लिइएको वडाध्यक्ष भिम पौडेलले बताए । वडा अध्यक्ष पौडेलले तालिम प्राप्त व्यक्तिहरूले अब बनाउने सीपमा संलग्न भई आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्नेमा स्थानीय सरकार ढुक्क रहेको उनको भनाई छ । वडा सचिव योगेश भट्टराईले सञ्चालन गरेको कार्यक्रम वडा अध्यक्ष पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । तालिमपछि सहभागीहरूले आ–आफ्नो सीपलाई व्यवसायिक रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।