तेह्रथुम/ प्रगतिशील लेखक सङ्घ, तेह्रथुमको तेस्रो जिल्ला अधिवेशनले दयासागर ढुङ्गेलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
जिल्ला अधिवेशन तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा शनिबार सम्पन्न भएको हो।
प्रगतिशील लेखक संघ कोशी प्रदेशका अध्यक्ष तिला लेकालीको प्रमुख आतिथ्यमा सङ्घको आगामी तीनवर्षे कार्यकालका लागि नयाँ जिल्ला कार्यसमिति गठन गरिएको हो । सो समितिको उपाध्यक्षमा रोशन यात्री , सचिव दिलकुमारी बुढाथोकी सह सचिव छविमाया तिम्सिना र कोषाध्यक्षमा योगेश काफ्ले रहेका छन । यसैगरी सदस्यहरूमा विजय सागर सुब्बा , वासुदेव बराल ,यशोदा निरौला , डिल्लीराम घिमिरे, मनोज आचार्य,सूर्यबहादुर साँवा यशोदा तिवारी ,यशोदा विक रहेका छन ।
कार्यक्रममा प्रलेस कोशी प्रदेश उपाध्याक्ष दिनेश थापा प्रणामी माविका प्रधानाध्यापक अमृतबहादुर बुढाथाकी उद्योग वाणिज्य संघ आठराईका अध्यक्ष प्रेम पौडेल प्राध्यापक चक्रपाणि भट्टराई नेपाल राष्ट्रिय शिक्षक संगठन आठराईका अध्यक्ष विनोद निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।