दमक/ दमक १ स्थित चुलाचुली अंग्रेजी माविमा गत माघ ३० गतेदेखि सञ्चालित अन्तर सदनात्मक छात्र तथा छात्रा बास्केटबल प्रतियोगिताको सोमबार फाइनल खेल सम्पन्न भएको छ ।
छात्रहरुको खेल नकआउट तथा छात्राहरुको खेल राउण्ड रोविण्ड प्रणालीमा सम्पन्न भएको हो । प्रतियोगितामा छात्रहरु तर्फ प्रिजा राई सदन विजेता भएको छ भने युनिस भट्टराई सदन उपविजेता बनेको हो ।
छात्राहरु तर्फ टिम क्यामेलिया विजेता बनेको छ भने अर्किड सदन उपविजेता बनेको छ । छात्रहरु तर्फ उत्कृष्ट खेलाडी प्रिजा राई सदनका विक्रान्त सम्बाहाम्फे घोषित भएका छन् । उत्कृष्ट स्कोरर ६२ पोइन्टका साथ विक्रान्त सम्बाहाम्फे बनेका छन् ।
छात्राहरु तर्फ क्यामेलिया टिमकी दृष्टि सम्बाहाम्फे ५६ पोइन्टका साथ उत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।
बिद्यालयका संस्थापक निर्देशक मनोज राईको अध्यक्षतामा विजेता बिद्यार्थी खेलाडीहरुलाई पूर्व राजदुत प्राध्यापक डाक्टर नवोलकिशोर राई र बिद्यालयका संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश राईले पदक तथा प्रमाण पत्र वितरण गरेका छन् ।
सो बिद्यालयले पठनपाठनसँगै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापहरुलाई अगाडी बढाइरहेको बिद्यालयका संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश राईले जानकारी दिए ।