दमक/काठमाडौंको बौद्धस्थित शान्तिपार्कमा गत शनिबार नेपाल युथ फिटनेश एन्ड केलिस्थेनिकसले आयोजना गरेको तेस्रो राष्ट्रिय सडक कसरत प्रतियोगितामा रविन राई ले ३ स्वर्ण पदक जित्न सफल हुनुभएको छ ।

‘तेस्रो स्ट्रिट वर्कआउट’ नाम दिइएको सो प्रतियोगितामा दमकको गोर्खा कम्ब्याट ( गोर्खा भर्ती तालिम केन्द्र) का सिईओ समेत रहनु भएका राईले ३ वटा स्वर्णपदक जित्न सफल हुनुभएको हो ।
युवा पुस्तामा फिटनेश अर्थात व्यायामको अभ्यासलाई बढाउँदै स्वस्थ जिवनयापनमा सहयोग पुरयाउने उदेश्यले ३५ बर्षमाथिका महिला, पुरुष, र खुला गरी ४ वटा विधामा करीब २ सय जना खेलाडीलाई सो प्रतियोगितामा समावेश गरिएको थियो । तीन स्वर्ण पदक जितेसंगै उहाँलाई नेपालको प्रतिस्पर्धी मान्छे घोषित गरिएको छ ।

सिंगापुर पुलिसका अवकाश प्राप्त जागिरे रविन नेपाली कांग्रेसका तर्फबाट संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुका कान्छा छोरा तथा प्रजातन्त्रका सेनानी स्व. मुगाधन राई र कृष्णकुमारीका नाती हुनुहुन्छ ।

 

Facebook Comments Box