दमक/ पाँचथर रानीगाउँका पण्डित रमाकान्त खनाल( चामु पण्डित)का सन्तती हरुद्वारा तयार गरिएको बंशावलीको बिमोचन र ज्येष्ठ बुबा आमा सम्मान कार्यक्रम एक समारोहका बिच सम्पन्न गरिएको छ ।
पाँचथर रानीगाउ मूलथलो भएका पण्डित रमाकान्तका सन्ततिहरुलाई समेटिएको ू पण्डित रमाकान्त खनालका सन्ततिहरुको बंशावली २०८१ू को बिमोचन कोशी प्रदेश, प्रदेश सभा सदस्य माननीय राधाकृष्ण खनाल र बशावली निमार्णका सल्लाहाकार समितिका संयोजक तथा कार्यक्रमका अध्यक्ष भाग्य प्रसाद खनाल ले सयुक्त रुपमा गर्नु गरेका थिए ।
कार्यक्रममा बंशावली लेखन तथा सम्पादन समितिका संयोजक ओमप्रसाद खनाल ले बंशावलीको महत्व र आवस्यकताको बारेमा प्रकास पारेका थिए ।
कार्यक्रममा खनाल सेवा समिति झापाका पूर्व अध्यक्ष हेमप्रसाद खनाल, बर्तमान अध्यक्ष तेजप्रसाद खनाल , दमक नगर अध्यक्ष लीलानाथ खनाल, खनाल सेवा समिति उर्लाबारीका अध्यक्ष लेखनाथ खनाल, संरक्षक लोकनाथ खनाल , खनाल बंशको पहिलो बंशावली निमार्ण समितिका सदस्य नेत्रप्रसाद खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा ज्येष्ठ बुबा १५ जना र ज्येष्ठ आमा १५ जनालाई सम्मान समेत गरिएको थियो । सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि माननीय सांसद राधाकृष्ण खनालले सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए । बंशावली निमार्णका सल्लाहाकार समिति सदस्य यादव खनाल ले स्वागत मन्तव्य र खनाल परिवारकी सदस्य रञ्जिता खनालबाट स्वागत गीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन बंशावली सम्पादन समितिका सदस्य मोहिनी खनालले गरेका थिए ।
कार्यक्रममा बंशावली सम्पादन समितिका सदस्यहरु देवी प्रसाद खनाल, किशोरचन्द्र खनाल,शंकर खनाल,डायमण्ड खनाल लगायत करिव दुई सयभन्दा बडी नै खनाल बन्धुहरुको उपस्थिति रहेको थियो ।