दमक/ नेपाल यातायात मजदूर संघले आज दमक नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै दमक बसपार्क तथा अन्य सवारी पार्किङस्थलहरुमा सार्वजनिक शौचालय र स्वच्छ खानेपानीको प्रवन्ध मिलाउन माग गरेको छ ।

संघको जिल्ला नेतृत्वले केन्द्र तथा प्रदेश नेतृत्वको समन्वय तथा ईकाइ र नगर समितिहरुको सहकार्य तथा सहयोगमा दमक नगरपालिकासहित जनघनत्व बाक्लो रहेका जिल्लाभरका सबै नगरहरुमा ज्ञापन पत्र बुझाएको संघका जिल्ला उपाध्यक्ष बालकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
दमक नगरपालिकामा पुगेको संघको नेतृत्व टोलीले उपप्रमुख गीता अधिकारीलाई दमकका विभिन्न ६ स्थान किटान गरेरै सार्वजनिक शौचालय नहुँदा यातायात मजदुर र अन्य सर्वसाधारण यात्रुले समेत समस्या ब्यहोर्नुपरिरहेको भन्दै सोको समाधानका लागि तत्काल सार्वजनिक शौचालय र खानेपानीको सार्वजनिक धारा व्यवस्था गर्न माग गरेको हो ।

Facebook Comments Box