तोपगाछी/ झापाको कमल गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयले वडा भित्रका बिद्यालयमा खेलकुद सामग्रीसँगै फोहोर व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ ।
वडाध्यक्ष अशोक सुब्बासहित जनप्रतिनिधि र कर्मचारीहरुको टोलीले बिद्यालय बिद्यालयमा पुगेर ति सामग्री हस्तान्तरण गरेको हो ।
वडा भित्रका बिद्यालयहरुमा फोहोरव्यवस्थापनका लागि चेतनामुलक सन्देशसहित डस्टबिन वितरण गरिएको र खेल प्रतिभा बिकासमा सहयोग पुरयाउन आवश्यक खेलकुदका सामग्रीहरु प्रदान गरिएको वडाध्यक्ष सुब्बाले जानकारी दिए । वडा भित्र तीन वटा सामुदायिक र तीन वटा निजी तथा संस्थागत बिद्यालय रहेका छन् ।
सबै खाले बिद्यालयप्रति स्थानीय सरकारको समान दृष्टिकोण रहेकाले समान व्यवहार गर्दै ति सामग्री प्रदान गरिएको हो । वडाध्यक्ष सुब्बा, वडा सचिव सागर दाहाल, वडा सदस्यहरु महेन्द्र खत्री, भीमबहादुर कार्की, कल्पना राई र सोमाया नेपालीसहितको टोलीले बिद्यालयहरुमै पुगेर ति सामग्री प्रदान गरेका जनाइएको छ ।

 

Facebook Comments Box