दमक / झापाको कमल गाउँपालिका वडा नं २ को वडा कार्यालयले महिलाहरुलाई लक्षित गर्दै आय आर्जनमा जोड्न सीपमुलक तालीम सञ्चालन गरेको छ ।  कार्यालयले चालू आर्थिक बर्ष २०८१/ ०८२ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत यस बर्ष ५० जना महिलालाई सौन्दर्यकला सम्बन्धिको तालीम प्रदान गरेको हो ।
वडा सचिव सागर दाहालका अनुसार १८ दिन सम्म सञ्चालन गरिएको सौन्दर्यकला सम्बन्धि आधारभूत तालिमको सञ्चालन समावेशी महिला सशक्तिकरण केन्द्रले गरेको थियो । तालिम सञ्चालनका लागि वडा सदस्य कल्पना राईले सहजीकरण गरेकी थिइन् ।
तालिमको शुक्रबार औपचारिक कार्यक्रमबीच समापन गरिएको छ । कार्यक्रममा वडाध्यक्ष अशोक सुब्बासहित जनप्रतिनिधि र कर्मचारीहरुले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

 

Facebook Comments Box