दमक/ दमक नगरपालिकाको वडा नम्बर ७ मा वडा कार्यालय अन्तर्गतको वडास्तरीय खेलकुद बिकास समिति गठन भएको छ । बिहिबार वडा कार्यालयमा आयोजित भेलाले सन्तोष राई संयोजक रहेको ११ सदस्यीय वडास्तरीय खेलकुद बिकास समिति गठन गरेको वडा सदस्य अतित वान्तवाले जानकारी दिए ।
गठित समितिका सदस्यहरुमा धनेश्वर कार्की, धन कुमार माझी, आशिष राई, श्याम बान्तवा, डेबिड श्रेष्ठ, राजन सुबेदी, बन्दना श्रेष्ठ, नबिन चन्द्र राई, पवन राई र अमिर श्रेष्ठ चयन भएका छन् ।
दमक ७ की कार्यवहाक वडाध्यक्ष इन्दु खड्का पौडेल, मानबहादुर खवास, अतित वान्तवा राई र वडा सचिव योगेश भट्टराईको उपस्थितीमा भएको खेलकुद सम्बद्ध स्थानीय युवाहरुको भेलाले सो समिति गठन गरेको हो । समितिले वडा तथा नगरपालिकासँगको सहकार्य र समन्वयमा विभिन्न किसिमका खेलकुद गतिबिधिहरु सञ्चालन गर्ने जनाइएको छ ।