संखुवासभा/ संखुवासभाको धर्मदेवी नगरपालिकाका तीन जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । धर्मदेवी–४ का रामबहादुर अधिकारी लगायत तीन जना लागूऔषध सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।
उनका अनुसार रामबहादुरले घरमा लागूऔषध कारोबार गरेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरले उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–४ केशव घिमिरे र मादी नगरपालिका–६ का देबेन्द्र थापालाई जाँच गर्ने क्रममा लागुऔषध अफिम सहित पक्राउ गरेको जनाएको छ ।
उनीहरुको साथबाट १२ दशमलब ३९० ग्राम लागुऔषध अफिम फेला परेकाले प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।