दमक/  धनकुटा र उदयपुरमा भएका छुट्टा छुटै सवारी दुर्घटनामा चार जनाको जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।
सोमबार बिहान सवा १० बजे धनकुटाको धनकुटा नगरपालिका–६ स्थित कोशी लोकमार्गमा धरानबाट भोजपुर तर्फ जादै गरेको को. १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रीत भएर सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित १४ जना यात्रीहरु घाईते भएका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता भिम बहादुर दाहालका अनुसार जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले ति घाईतेहरुको उद्धार गरी उपचारका लागि पठाएको थियो । उपचारको क्रममा बसका चालक धरान उपमहानगरपालिका–१३ का ५१ बर्षीय रुद्र तामाङ र यात्री भोजपुर षडानन्द नगरपालिका–१३ का ५८ बर्षीय लिला बहादुर श्रेष्ठको धरान घोपामा र धनकुटा नगरपालिका–६ की ७३ बर्षीया कृष्ण कुमारी राई भुजेलको जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको थियो ।
बसमा सवार रहेका अन्य ११ जना यात्रीहरुको धरान घोपामा उपचार भईरहेको छ । सोही दिन अपरान्ह पौने ४ बजे खोटाङबाट इटहरी तर्फ जन्ती बोकेर आउदै गरेको को.१ख ४७२१ नम्बरको बस उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्षेडाडा स्थित मदन भण्डारी लोकमार्गमा रोकेको अवस्थामा बसमा रहेका जन्ती हलेसी तुवाचुङ नगरपालिका–४ की ४० बर्षीया गिता परियार र सुनसरी इटहरी–२० का २३ बर्षीय युजन राई ओर्लिएर सडक पार गर्ने क्रममा ना.३त ८१० नम्वरको ट्याक्टरले ठक्कर दिदा घाईते भएकी परियारको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा मृत्यु भएको हो । राईको बिराटनगर न्युरो अस्पतामा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न ट्याक्टर चालक उदयपुर चौदण्डिगढी–४ का ३० बर्षीय विजय बि.क. र बस चालक उदयपुर ताप्ली गाउँपालिका–४ का ३६ बर्षीय पुरुषोत्तम पोखरेललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box