दमक/ नेपाली कांग्रेस दमकका नगर सभापति प्रकाश प्रसाइँले चलाएको कारलाई पूर्व पश्चीम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरेमा एउटा ट्रकले ठक्कर दिएको छ ।
प्राप्त श्रोतका अनुसार पश्चिम तर्फबाट आउँदै गरेको कारलाई पूर्वबाट पश्चीम तर्फ जाँदै गरेको मालबहाक ट्रकले ठक्कर दिएको थियो । दुर्घटनाको सीसि फुटेज बाहिर आएको छ । कारमा तीन जना सवार रहेका र कार चालक सभापति प्रसाइँ सकुशल रहेका बताइएको छ । प्रसाइँ दमक नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)का पति हुन् । दुर्घटनाको खबर पाए लगत्तै उपप्रमुख भट्टराई घटनास्थल पुगेर फर्किएकी बताइएको छ ।