दमक/ कोशी प्रदेश टेनिस संघ गठन भएको छ । कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद बिकास बोर्ड बोर्डले प्रदेशमा पहिलो पटक टेनिस संघ गठन गरेको हो ।
२२ असारको सदस्य सचिवस्तरीय निर्णय अनुसार झापा दमकका गोकूल श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय प्रदेश टेनिस संघ गठन गरिएको हो ।


संघका सदस्य सचिव कृष्ण बस्नेतका अनुसार संयोजक श्रेष्ठको नेतृत्वमा गठन भएको टेनिस संघमा प्रतापसिंह कार्की (मोरङ), किरण लामा (मोरङ) मो. वसिम अख्तर सुनसरी, सुवास आङथुपो (इलाम) , रोशन ढकाल (झापा) ,सुवासचन्द्र गड्तौला (पाँचथर), मुकेश मित्रुका (झापा) , निराशव प्रधान (झापा), रेशु तामाङ (सुनसरी) र विशाल श्रेष्ठ (सुनसरी) रहेका छन् ।

 

Facebook Comments Box