दमक/ झापाको कमल गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई कृत्रिम दाँत उपहार दिएको छ ।
गाउँपालिकाको सामाजिक विकास शाखाको सो कार्यक्रम अन्तर्गत शाखाको आर्थिक अनुदान तथा आमा डेन्टल केयर प्रा.लि.दमकको प्राविधिक सहयोगमा गाउँपालिका भित्रका २२ जना ज्येष्ठहरुलाई विशेषज्ञ चिकित्सकहरुको सिफारिसमा दाँत लगाइएको हो ।

कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)ले गाउँपालिकामा यस बर्ष सञ्चालनमा ल्याइएको सो कार्यक्रम नौलो र ज्येष्ठ नागरिक सेवामैत्री रहेको जानकारी दिनुु भयो ।
उहाँका अनुसार कमल गाउँपालिकाका सात ओटै वडाहरुबाट छनौट हुनु भएका २२ जना ज्येष्ठ नागरिकहरूलाई कृत्रिम पुरासेट दाँत उपहार कार्यक्रम अन्तर्गत दाँत लगाइएको छ । दाँत लगाइएपछि ज्येष्ठ नागरिकहरु खुशी भएका छन् । आमा डेन्टलले सो गाउँपालिकामा रहेको कमल नगर अस्पतालमा हरेक हप्ताको दुई दिन आइतबार र बिहिबार ओपीडि सेवासहित दाँत सम्बन्धिको उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएको छ ।