दमक/ झापाको अर्जुनधारा ४ भाङबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिपक पाण्डे रहेका छन् । बिर्तामोडस्थित बिद्युत प्राधिकरण कार्यालयको फिल्डमा काम गर्ने सिलसिलामा पश्चीम स्टेण्डमा रहेका बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका पाण्डेको बिएण्डसी अस्पतालमा उपचारका क्रममा आज शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments Box