दमक/ झापाको गौरादह नगरपालिका वडा नम्बर ७ गच्यामारीमा घाँस काट्ने मेसिनबाट करेन्ट लागेर एक जना बृद्धाको मृत्यु भएको छ ।
सो ठाउँकी ७७ बर्षिया तेजकुमारी उप्रेतीको घाँस काट्ने मेसिनमा करेन्ट लागेर मृत्यु भएको हो । बुधबार साँझ करिब ७ बजे सो घटना भएको स्थानीय नारायण राजवंशीले जानकारी दिनु भयो ।
त्यसैगरी मदनभण्डारी लोक मार्ग अन्तर्गत मोरङको लेटाङ नगरपालिका–५ मा सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो भएको दुर्घटनामा सिटी सफारीमा सवार ३२ बर्षिय जनम तामाङको मृत्यु भएको हो । दुर्घटनापछि घाइते भएका चार जना मध्ये तामाङको उपचारका क्रममा बुधबार विराटनगरमा मृत्यु भएको जनाइएको छ ।
दुर्घटनामा लेटाङ–४ का ३९ बर्षीय भिषण राई, सुनसरी बराहक्षेत्रका २२ बर्षीत सन्देश राई र ३० बर्षीय क्षितिज राई घाईते हुनुभएको छ ।

Facebook Comments Box