दमक/ झापाको कमल गाउँपालिकाका कर्मचारी चढेको गाउँपालिकाको स्कारपियो गाडी दुर्घटनामा परेको छ । दमक–ताराबारी डिपु सडकमा गाउँपालिकाका जिन्सी शाखा प्रमुख पर्वत भण्डारीसहित कर्मचारीहरु चढेको गाडी दुर्घटनामा परेको हो ।
गाडीमा अर्का कर्मचारी सन्तोष गौतम रहेको बुझिएको छ  रहेको बुझिएको छ । दुर्घटना लगत्तै उहाँहरुको स्वास्थ्य परिक्षणका लागि आम्दा अस्पताल दमकमा लगिएको छ । नियमित रुपमा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी चढने गरेको प्रदेश १ –०१–००१ झ २७६ नम्बरको सो स्कारपियो सडक किनारबाट फुटपाथ (पैदलयात्री हिंडने) ठाउँ सम्म पुगेको र अगाडीको भाग कुच्चिएको देखिन्छ । इलाका प्रहरी कार्यालय दमकका डिएसपी राम प्रसाद तिमल्सीनाले दुर्घटनास्थलमा मुचुल्का बनाउने काम भइरहेको बताउनु भयो ।

 

Facebook Comments Box