दमक/प्रदेश नम्बर १ सरकारले झापाको गौरीगञ्ज १ माहाभारामा जनता आवास कार्यक्रम अन्तर्गत सिमान्तकृत तथा लोपोन्मुख जातीका ६ परिवारको घर निर्माण शुरु गरेको छ ।


पहिलो चरणमा जनता आवास कार्यक्रम अन्तर्गत सो योजना सम्पन्न गर्न आईतबारे मुर्मुको अध्यक्षतामा निर्माण तथा उपभोक्ता समिति गठन गरिएको छ । सो क्षेत्रका प्रदेश सांसद झलकसिंह दर्लामीले सो योजनाका लागि छनौट गरिएको ६ घर मध्ये किस्टु हाँस्दाको घर निर्माणको शिलान्यास गर्नुभयो ।

नेकपाका गौरीगञ्ज गाउँपालिका कमिटी अध्यक्ष विद्यानन्दसिं राजवंशीका अनुसार घर निर्माणका लागि पहिलो चरणमा सो वडाका हाँस्दासहित, आईतबारे मुर्मुु, राम बास्की, रहरे दमाई, मंगल हेमरम र सिताराम केवटको घर छनौट गरिएको जानकारी दिनु भयो । सिमान्तकृत तथा लोपोन्मुख जातीसंगै उनीहरु आर्थिक रुपमा समेत विपन्न भएका कारण सरकारले ल्याएको जनता आवास कार्यक्रम मार्फत उनीहरुको आवास निर्माण गरिन लागेको हो ।

त्यसैगरी शिवसताक्षी नगरपालिकाका विभिन्न वडामा जनता आवास कार्यक्रम अन्तर्गत सोही प्रकृतिका ३३ वटा घर निर्माणको प्रकृयामा रहेका नेकपाका नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिनु भयो । सो अन्तर्गत ति परिवारलाई करीब ३ लाख ३२ हजार रुपैयाँको लागतमा दुई ÷ दुई कोठे पक्की घर निर्माण गरिने बताइएको छ । एक महिना भित्रै ति घर निर्माण सम्पन्न गर्ने योजना रहेको बताइएको छ ।

Facebook Comments Box