दमक/ दमक -८ स्थित कञ्चनजङ्धा सहकारी संस्था लिमिटेटले प्रतियोगितात्मक नृत्य प्रतियोगीता गरेर तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका सेयर सदस्यहरुलाई सहभागी गराएर नृत्य प्रतियोगीता सम्पन्न भएको थियो ।
नृत्य प्रतियोगिता बिनिता लिम्बु प्रथम,सुनिता कोईराला द्वितिय,राधिका ढकाल तृतिय र लक्ष्मी देवी बराल समुहको खैजडी नृत्यले सान्तवना स्थान प्राप्त गरेका थिए । विजयी प्रतियोगीलाइ टिका माला लगाएर सम्मान गरिएको थियो ।उक्त प्रतियोगीताको मुल्याङ्कन गर्न निर्णायक समिति गठन गरिएको थियो ।
समितिको संयोजकमा टंक पाठक सदस्यहरुमा ओमप्रसाद खनाल र बिमल नेपाल रहनु भएको थियो ।
कार्यक्रम महिला तथा बालवालिका उप समितिको संयोजक दुर्गा खनाल काफ्लेको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रुपमा संस्थाका अध्यक्ष भरतकुमार चम्लागाई रहनु भएको थियो । अन्य अतिथिहरुमा पुर्व अध्यक्षहरु मणिकुमार भण्डारी र चन्दप्रसाद नेपाल, लेखा संयोजक प्रेम दंगाल लगायत सन्चालक समिति , लेखा समिति ,उपसमितिहरु लगायत सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन महिला उपसमितिको सदस्य जानुका पोख्रलले गर्नुभएको थियो ।