दमक/ साहित्य कला सङ्गम दमकले २०ओै साधारण सभाले विन्दु दाहाल (मुकदर्शक)को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
साहित्यकार प्राध्यापक डा. कमलप्रसाद वस्तीको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले,दुर्गा काफ्ले र चन्द्रा गडतौलालाई चुनेको छ भने महासचिवमा ओमप्रसाद खनाल, सचिवमा बीरेन्द्र खडका, सहसचिवमा मेघनाथ बन्धु, कोषाध्यक्षमा नेत्रप्रसाद अधिकारी,सदस्यहरुमा डा.लेखनाथ न्यौपाने,बिवेक दुलाल क्षेत्री,रामकुमार उपाध्याय, ज्ञाननाथ निरौला र लीलाप्रसाद अधिकारी चुनिनु भएको छ ।
लेखा समिति संयोजकमा गीता कुँवर, सदस्यहरुमा मच्छिन्द्र याख्खा र कमला धिमिरे चुनिनु भएको जनाइएको छ । शुक्रबार सङ्गमका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको साधारण सभाले अध्यक्ष न्यौपानेको वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक पुष्ता राईले प्रस्तुत गर्नु भएको लेखा प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो ।
सम्पन्न साधारण सभामा कार्य समिति गठनको लागि निर्वाचन समिति गठन गरिएको थियो । समितिमा साहित्यकार हेमनाथ अधिकारीको संयोजक रहने गरि डा.कमल प्रसाद वस्ती र शिव काफ्ले रहनु भएको थियो ।
यसरी नै समिति गठनका लागि डा. उत्तमप्रसाद भट्टराई, नरपति पाण्डे र राजेन्द्र प्रसाद दाहालले सहजीकरण गर्नु भएको थियो ।
दमक –५ स्थित दिपिनी आधारभुत बिद्यालयको सभाहलमा भएको कार्यक्रमको सञ्चालन साहित्य कला सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गर्नु भएको थियो ।

 

Facebook Comments Box