दमक/ दमकस्थित शिखा बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभाले पुनः तेजकुमार श्रेष्ठको अध्यक्षतामा आगामी चार बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको छ । बिहीबार दमक–६ स्थित पशुपति सेवा सदनमा सम्पन्न साधारण सभाले पुनः श्रेष्ठको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको हो ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यमा भएको साधारण सभाको उदघाटन कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, संघका लेखा संयोजक चुडामणी ओझा, संघका सञ्चालक सदस्य तथा फागुनन्द सहकारी संस्थाका अध्यक्ष पदम लिम्बु लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सभामा संस्थाका अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमार्फत बचत परिचालन, लगानी अभिवृद्धि तथा ग्रामीण विकासमा संयोजनकारी भूमिका निर्वाह गर्ने लक्ष्यसहित सहकारीलाई सुदृढीकरण गर्ने नीति लिइएको उल्लेख गर्नु भयो ।
लेखा समितिका संयोजक विवेक मैनालीले बार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१८२ मा संस्थाको कुल खर्च ३ करोड ८२ लाख २४ हजार ६ सय ५१ रुपैयाँ ६८ पैसा, कुल आम्दानी ४ करोड ४ लाख ५५ हजार ४ सय २९ रुपैयाँ ३० पैसा र खुद नाफा १२ लाख १५ हजार ५ सय ६८ रुपैयाँ रहेको जानकारी दिनुभयो। यसै वर्षमा संस्थाको सेयर पुँजी ३ करोड ८ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको पनि जानकारी दिनु भयो ।
सभामा उत्कृष्ट कारोबारकर्ता ६८ जना, जेष्ठ सदस्य बचतकर्ता २८ जना तथा उत्कृष्ट बाल बचतकर्ता ४५ जना गरी जम्मा १४१ जनालाई दोसल्ला, प्रमाणपत्र, ब्याग र नगदसहित सम्मान गरिएको ब्यबस्थापक तुल्सी राजवंशीले जानकारी दिनु भयो ।
सभाको सञ्चालन संस्थाका सचिव तीर्थराज चाम्लिङ राईले गर्नुभएको थियो ।