धनकुटा/ धनकुटा नगरपालिका १ हिलेस्थित कोशी राजमार्गमा ट्याक्टर दुर्घटना हुदा ट्याक्टरका चालक र सहचालक दुवै जनाको ज्यान गएको छ ।
चालक धनकुटा सिंजाली गाउँका ४० बर्षीय राजकुमार मगर र सहचालक सोही ठाउँका २७ बर्षीय दलबहादुर सिंजाली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो साढे १ बजे सिधुवाबाट हिले जादैं गरेको को २ त ८७२१ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
चालक राजकुमारको सोही ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको हो भने घाईते सहचालक दलबहादुरको उपचारको क्रममा विजयराज हस्पिटल हिलेमा दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।