दमक/ उर्लाबारीमा मुख्य कार्यालयसहित झापा मोरङका चार स्थानमा सेवा केन्द्र स्थापना गरी १५ बर्ष अघिदेखि वित्तीय कारोबार गर्दै आएको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा दमकबाट शुरु भएको छ ।
संस्थाले बिहीबारदेखि पछिल्लो समय नियामक निकायबाट भाद्र १७ मा जारी भएको निर्देशन अनुसार संस्थाको बार्षिक साधारण सभा शुरु गरेको हो ।
दमक सेवा केन्द्रबाट साधारणसभाका कार्यक्रमहरु सुरु गरिएको सहकारीका प्रमुख कार्यकारी अधिक्रित थरेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।
सस्थाका सञ्चालक समिति अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन कार्यक्रममा उत्कृष्ट शेयर सदस्य सम्मान, उत्कृष्ट बालबालिका, र सुदर्शन छात्रवृत्ति वितरण समेत गरिएको छ ।
साधारण सभामा वितरित संस्थाको बार्षिक प्रतिवेदन अनुसार झापाको दमक सहित मोरङको उर्लाबारी, मिक्लाजुङ र पथरीमा सेवा केन्द्र रहेको सो संस्थामा ७ हजार भन्दा धेरै शेयर सदस्यहरु आबद्ध छन । उर्लावारी– ५ मा प्रमुख कार्यालय रहेको संस्थाले गत असार मसान्त सम्म ७३ करोड ७३ लाख ४४ हजार ५७ रुपैयाँ कूल कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा संस्थाले प्राकृतिक प्रकोप राहत योजना, शल्यक्रिया, अंगभग राहत, अशक्त, स्वास्थ्य सुधार, छात्रवृत्ति, मृतक राहत लगायतका शेयर सदस्यहरुको सेवा लक्षित सुदर्शन शेयर सदस्य कल्याणकारी योजना सञ्चालन गर्दै आएको पनि उल्लेख छ ।
मोबाइल वैकिङ, विद्युत, खानेपानी, फोन पे, राजश्व भुक्तानी, हवाइटिकट, बीमा भुक्तानी, क्यू आर स्क्यान लगायतको प्रविधि मैत्री सेवा सुदर्शन सहकारीले प्रदान गर्दै आएको छ ।
संस्थाले सानो भन्दा सानो निक्षेप स्वीकार्ने र कर्जा प्रवाहमा समेत साना तथा मध्यम किसिमका कर्जाहरु सदस्यलाई प्रदान गर्दै आएको छ । दैनिक, आवधिक, बाल शैक्षिक लगायतका बचत योजना ल्याएर सुदर्शनले शेयर सदस्यहरूलाई आकर्षित गर्दै आएको छ ।
सेयर सदस्य कल्याणकारी योजना अन्तर्गत गत आर्थिक बर्षमा मात्रै ६९ जनालाई ४ लाख ७४ हजार ७ सय ५० रुपैयाँ विभिन्न प्रकारका राहत तथा सहयोग वापत सदस्यहरुलाई प्रदान गरिएको प्रमुख कर्याकारी अधिकृत पौडेलले जानकारी दिनुभयो । आजबाट शुरु भएको साधारणसभा मिक्लाजुङ, पथरी सेवा केन्द्र हुँदै उर्लाबारीस्थित मुख्य कार्यालयबाट सञ्चालन गरि असोज ११ गते इकाइगत साधारण सभाका निर्णयहरुको एकीकृत गरि माइन्यूट प्रमाणीकरण , आगामी चार बर्षे कार्यकालका लागि निर्वाचित सञ्चालक समिति र लेखा समितिको सपथग्रहणसँगै औपचारिक समापन गरिने संस्थाले जनाएको छ ।