दमक/ झापाको गौरादह नगरपालिका वडा नं ९ खजुरबारीकी अन्जु मगरका दुई छोरीसहित तीन जना नाबालिकाको आज दिउँसो खोलामा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अञ्जुका छोरीहरू ९ बर्षिया स्विकृती मगर र ७ बर्षिया सुस्मा मगर र सोही ठाउँका रोमन (मोते)परियारकी ११ बर्षिया छोरी रोश्नी परियारको दिउँसो करिब साढे १ बजे स्थानीय किस्ने खोलामा डुबेर मृत्यु भएको हो ।
उनीहरु तीन जनासँगै सोही ठाउँका राजकुमार राईकी १० बर्षिया युनिसा राई समेत खोलामा माछा मार्न गएका थिए । उनीहरु तीन जना पानीमा डुबेको देख्न साथ सँगै गएकी युनिसाले तत्काल अभिभावकलाई जानकारी गराएकी थिइन् । स्थानीयहरुले तीनै जनालाई पानी बाहिर निकाल्दा उनीहरुको मृत्यु भइसकेको पाइएको अस्थाई प्रहरी चौकी बैगुनधुरालाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक कानुनी प्रकृया पुरा गरी थप अनुसन्धान अघि बढाएको जनाइएको छ । एकै गाउँका तीन जना बालिकाको डुबेर मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको छ ।

Facebook Comments Box