दमक/अन्तराष्ट्रिय सञ्जाल भएको रोटरी क्लबको स्थापना दिवसका अवसरमा आज झापाको दमकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रोटरी क्लब अफ दमकको ९ औं स्थापना दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समेतको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रोटरी क्लबका पदाधिकारी , पूर्व पदाधिकारीहरु एवम सदस्यहरुसहित इच्छुक स्वयंसेवी रक्तदाताहरुले रगत दान गरेका थिए । रोटरी क्लब अफ दमकका सचिव झलराज गौतम ( राजु) का अनुसार सो अवसरमा कूल ५१ पिन्ट रगत संकलन भएको छ ।
रोटरी क्लअ अफ दमकका अध्यक्ष सन्दिप चापागाइँ ( दिपु)को अध्यक्षता र दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा दमक चौकमा भएको रक्तदान कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितको विशेष आतिथ्य रहेको थियो । भेनस श्रेष्ठको संयोजकत्व र नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको रक्तसञ्चार शाखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको क्लबका अध्यक्ष चापागाइँले जानकारी दिनु भयो ।

