दमक/ झापा दमकस्थित मेची बाल क्लबको नेतृत्वमा शुक्रबार दमक–५ र ६ को बजार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। क्लबको पहलमा मेची सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले विद्यालय आसपासका सडक, सार्वजनिक स्थान र बजार क्षेत्र सफा गरेका हुन्। कार्यक्रममा विद्यालयका शिक्षक तथा कर्मचारीहरूको समेत सक्रिय सहभागिता थियो।
विद्यालयले सञ्चालन गर्ने साप्ताहिक अतिरिक्त क्रियाकलापअन्तर्गत पर्ने सामुदायिक सेवा कार्यक्रमलाई यसपटक सरसफाइ अभियानका रूपमा गरिएको हो। विद्यार्थीलाई सामाजिक जिम्मेवारीतर्फ प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्या लयका प्रिन्सिपल श्रावण पोखरेलले बताए। यस्ता गतिविधिले विद्यार्थीमा समाजप्रतिको चेतना र जिम्मेवारी दुवै बढाउने प्रिन्सिपल श्रावण पोखरेलले बताए ।
